Logo

Student Corner

म विद्यार्थी

Written by: Sunabi Pokharel - 2024024, Grade VIII

Posted on: 02 March, 2021

अज्ञानीलाई ज्ञानी बनाउने साथी

ज्ञान, सीप, क्षमता सधै शिर माथि

आन्दोलन र विभेदको हुँ म सधैँ विरोधि

हिँसा, हत्या र आतङ्कको म सँधै क्रोधी ।

 

इमान र मान मेरो एउटै लक्ष्य

अन्धकारलाई चिर्ने उज्यालो गन्तव्य

नैतिकवान बन्न डगमगाउने छैन

हिमालको सान झुक्न दिने छैन ।

 

काँडा रोपी खुट्टा बिझाउन दिन्न

अभद्र भै, आफ्नै खाल्डो खन्ने छैन

विद्या र विवेक घटने छैन कहिल्यै

विद्यार्थी हुँ म प्रगतिशील छु जहिल्यै ।

 

कर्तव्य आफ्नो शिरमा राखी

विद्यार्थी धर्म झुक्ने छैन साथी

भविष्य छ बाँकी डगमगाउने छैन

विद्यार्थी हुँ म, मेहनत छाड्ने छैन ।

 

पाखुरी हैन, कलम छ यहाँ

शिक्षा हो यो, राजनीति कहाँ

फैलाउँछु शिक्षा हिमालको शिखरमा

म त एक मुना, टुसाउँछु मलमा ।