Logo

Student Corner

मेरो चाहना

Written by: Deelisha Maharjan - 2022006, Grade X

Posted on: 01 March, 2021

छन्  मेरा धेरै चाहना ,

धेरै पढ्ने , अगि बढ्ने ,

असल मानिस बन्ने ।

सत्यको बाटो पछ्याउने,

सबैलाई समान देख्ने ।

 

देशलाई माया गरी,

अरूको भर नपरी,

आफ्नै खुट्टामा उभिन सक्ने हुनु छ,

सगरमाथाको शिखरमा पुग्नु छ ।

 

धेरै छन् मेरा सपना,

बनाउनु छ सपनालाई विपना,

देशको असल नागरिक बनी,

खट्न सकूँ देश विकासमा रातदिन नभनी ।

 

बाबा आमाको सपना पूरा गर्नु छ

परिवारको सपना पूरा गर्नु छ

समाजको सपना पूरा गर्नु छ

देशको  सपना पूरा गर्नु छ