Logo

Student Corner

खेलकुद प्रतियोगिता

Written by: Eva Adhikari - 27012, Grade II

Posted on: 24 March, 2019

मेराे स्कुलमा २०७५ माघ १७ र १८ गते दुई दिन खेलकुद प्रतियोगिता मनाइयाे । पहिलाे दिन हामीहरू डियरवाक कलेजकाे चाैरमा गयाैँ । त्यहाँ विद्यार्थीहरूले पहिलाे चरणमा ‘ताताे आलु’ खेल खेले । त्याे खेलमा आश्रीना विजयी भइन् । त्यसपछि हामी कक्षा दुईका  विद्यार्थीहरूले पनि ‘ताताे आलु’ खेल खेल्याैँ । त्यस खेलमा श्रीधा प्रथम भइन् । त्यसपछि कक्षा एकले ‘चम्चा दाैड’ खेल खेले । हामी कक्षा दुईले पनि त्यही खेल खेल्याैँ । मैले विभिन्न खेलहरूमा भाग लिएँ ।

      दाेस्रो दिन माघ १८ गते पनि हामीहरूले विभिन्न खेलहरू खेल्याैँ जस्तै - दाैड, बेलुन फुटाई, चकलेट दाैड आदि । चकलेट दाैडमा अन्विता विजयी भइन् । यसरी हामीले विभिन्न खेलहरू खेलेर रमाइलाेसँग खेलकुद प्रतियोगिता मनायाैँ