Logo

Student Corner

देशको चिन्ता

Written by: Sarjan Waiba Tamang - 2023015, Grade IX

Posted on: 25 February, 2021

धेरै भयो देशमा प्रजातन्त्र आएको, 

धेरै भयो देशमा लोकतन्त्र आएको, 

देखेको छैन मैले परिवर्तन आएको,

सुनेको छैन मैले जनताले सुख पाएको। 

 

कसैले राम्रो काम गरेको ,

देशको चिन्ता बोकेर हिँडेको ,

देशमा विकास भएको ,

बर्साैँ भइसक्यो;मैले सुनेको छैन। 

 

चाहना छ मेरो ,

दैवलाई साक्षी राखेर ,

अन्धकारलाई चिरेर ,

घामको उज्यालो किरण छर्ने। 

 

नयाँ सोच र विचार 

उत्साह र उमङ्ग लिएर,

हिँड्ने छु म सत्यको बाटोमा

खोज्ने छु सत्यलाई  ।

 

एक दिन

मलाई अवश्य मिल्ने छ ।

सबैलाई बाँड्ने छु

छल्ने छैन कसैलाई

रुवाउने छैन कसैलाई