Logo

Student Corner

अँध्यारो

Written by: Rushina Tamang - 2025014, Grade VII

Posted on: 25 February, 2021

बत्ति पनि निभाई

छिटो सुत्नु पर्‍याे। 

आँखा चिम्लिएर निदाउनु  पर्‍याे 

पहेँलाे सूर्याेदयलाई पर्खिनु पाे पर्‍याे

अब भयाे अँध्याराे ।

दिन गयो साँझ बित्यो

भयो अब अध्यारो। 

उज्यालाेकाे रङ्गीन घर

भयाे अब कालो। 

 

पहेँलो घामले सजिएको

बादलले भरिएको

चराहरू उडेको

देखिन पाे छाड्याे 

अब भयाे अँध्याराे ।

 

आवाज शून्य भएकाे

नाैलाख ताराले सजिएकाे

छैन आकाश नीलो

समय भयाे ढिलो

अब भयाे अँध्याराे ।