Logo

Student Corner

विद्यार्थी

Written by: Krituka Sapkota - 2024007, Grade VIII

Posted on: 24 February, 2021

आजका हामी विद्यार्थी

भोलिका कर्णदार हौँ 

देशको नाम उज्ज्वल 

पक्कै हामीले पार्नेछाैँ । 

 

उठेर छिटो बाँधेर झोला 

हिड्छु म विद्यालय 

ज्ञान लिएर फर्किन्छु घर

सिकेर ‌नयाँ कुरा ।

 

गृहकार्य गर्न लाग्छ रहर 

पूरा गर्छु म समयमा

विद्यालयको वातावरण छ 

साह्रै नै रमाइलो ।

 

सबैजनासँग मिलीजुली

पढ्न‌ लाग्छ रमाइलो

नयाँ कापी किताबमा

लेखी लेखी भर्छु ।

 

नयाँ कुरा सिक्न

सधैं अघि बढ्छु

शिक्षकविद्यार्थीको

गर्छु म सम्मान 

‌ म हु एकविद्यार्थी

यही हो मेरो काम ।