Logo

Student Corner

फुटबल खेल

Written by: Yunil Ghimire - 2023014, Grade IX

Posted on: 23 February, 2021

फुटबल खेल अहिले विश्वको सबैभन्दा लोकप्रिय खेल हो । खुट्टाले बललाई हानेर खेलिने खेल नै फुटबल हो । यस खेलमा दुई समूहमा ११/ ११ जना खेलाडी हुन्छन् ।फुटबल खेल्न जति रमाइलो हुन्छ, हेर्दा उति नै आनन्द आउँछ । फुटबल हेर्दा दर्शकलाई  जति आनन्द आउँछ खेलाडीलाई खेल खेल्न भने निकै गाह्रो हुन्छ । फुटबलको इतिहास निकै पुरानो छ।

सन् १८६३ मा बेलायतमा निश्चित नियम बनाएर व्यावसायिक फुटबलकोआधुनिक स्वरूपको सुरूवात भएको थियो । सन् १८६३ को अक्टोबरमा ‘द फुटबल एसोसिएसन’को गठनसँगै फुटबलका नियम पनि बन्न थाले । यसैले बेलायतलाई फुटबल खेलको जन्मदाता मानिन्छ । फुटबलले आजको अवस्थासम्म आउन निकै लामो यात्रा पार गरिसकेको छ । प्राचीनकालमा खेलिने फुटबल भने अहिलेजस्तो थिएन। डेभिड गोलबेटले आफ्नो किताब ‘द बल इज राउन्ड’मा लेखेका छन्, : ‘प्राचीनकालमा बल खेल्ने चलन त थियो तर फुटबललाई आधुनिकताले जन्माएको हो ।’

खुट्टाले बललाई निरन्तर हान्दै र अभ्यास गर्दै जाँदा फुटबलको जन्म भएको हो । बेलायतबाट सुरु भएको फुटबल अहिले विश्वभर चर्चामा छ। यसलाई खेलको राजा पनि भानिन्छ। अहिले धेरै मानिसको रोजाइमा पर्ने यो खेल विश्वको चर्चित र लोकप्रिय खेल हो।