Written by: Niharika Chapagain - 2024008, Grade VIII
Posted on: 23 February, 2021
हुँ म एक असल विद्यार्थी
कलम हो मेरो हतियार।
विद्यालय जान्छु पोसाक लगाई
बनी देशको कर्णधार ।।
उड्ने छु म एक पुतली झैँ
यी रङ्गीबिरङ्गी किताबहरूमा।
बन्ने छु म एक उज्यालो किरण
यो अन्धकार फैलिएको देशमा।।
कोमल छु म एक कोपिला झैँ
नचुड मलाई।
देशको उज्वल भविष्य बोक्दै
आउनेछु राष्ट्र गान गाई।।
कोर्ने छु भाग्यका नयाँ रेखा
आफ्ना सिर्जनशील हातहरूले।
बन्ने छु म एक सुन्दर फूल
सजाउन देशलाई मेरा सिपले।।
नरोक मलाई! डुब्न देऊ ज्ञानको सागरमा
बन्न देऊ मलाई एक विद्वान।
नरोक मलाई! हराउन देऊ संसारका तथ्यहरूमा
बन्न देऊ मलाई देशको सान।।