Logo

Student Corner

वास्तविकता

Written by: Sarjan Waiba Tamang - 2023015, Grade IX

Posted on: 22 February, 2021

वरिपरि हेर्‍यो भने रावणको राज,

 कसैलाई पनि चाहिएको छैन यहाँ  सत्यको ताज। 

आउँदै छ ; नयाँ वर्ष हर्ष र प्रेरणाको साथ। 

देश विकाश गर्नलाई मिलाऔं  सबले हात ।। 

 

 म जिउँदो लास हैन ; छैन मेरो केही चाहना। 

एक दिन सबै मर्नु नै छ नबनाऊ बहाना।।

 विश्वास छैन कसैमाथि किन होला आजभोलि। 

कमी छैन कसैको नि बनाबटी बोली।।

 

गल्तीबाटै पाठ सिकी आगाडि बढ्ने हो। 

हार खाने बानी छैन सगरमाथा चढ्ने हो।। 

सबैले राम्रो सोच्यौँँ भने देशको उन्नति हुन्छ। 

नेपालीको छोरो हुँ म सजिलै शिखर पनि छुन्छु।।