Logo

Student Corner

अनलाइन शैक्षिक भ्रमण

Written by: Aakanchhya Khadka - 2026001, Grade VI

Posted on: 22 February, 2021

विद्यालयमा हुने हरेक कार्यक्रममध्ये स्थलगत अध्ययन भ्रमण पनि एक प्रमुख कार्यक्रम हाे । हामी सिफल सेकेन्डरी स्कुलबाट प्रत्येक चाैमासिक अवधिमा स्थलगत  अवलाेकन भ्रमणका लागि  फरक फरक ठाउँमा जाने गर्थ्याैँ  ।  काेराेनाका कारण प्रत्यक्ष रूपमा गएर अवलाेकन गरी अध्ययन गर्न नपाए पनि हाम्राे विद्यालयले हामीलाई हरेक चाैमासिक अवधिमा अनलाइनमार्फत भ्रमण अवलाेकन गराएकाे थियाे । तदनुररूप तेस्राे चाैमासिक अवधिमा अनलाइन शैक्षिक भ्रमण अन्तर्गत हामीले प्राचीन नेपालकाे परिवेशका बारेमा अध्ययन अवलाेकन गरेका थियाैँ । 

मिति २०७७।१०।२९ गते विहिवारका दिन हाम्राे  तेस्राे चाैमासिक अनलाइन भ्रमण भएकाे थियाे । साे कार्यक्रममा हाम्री कक्षाशिक्षिका प्रतिभा अमात्य र सामाजिक शिक्षा पढाउने लक्ष्मण सर हुनुहुन्थ्याे । हामीलाई प्राचीन नेपालकाे सास्कृतिक वस्तुस्थितिकाे अध्ययन अवलाेकन गराउने क्रममा त्यस समयमा तस्विरहरू र केही र केही श्रव्य दृश्य सामग्रीकाे पनि अवलाेकन गराउनुभएकाे थियाे र साथमा ती सामग्रीकाे बारेमा वर्णन गरेर प्रस्ट पार्नुभएकाे थियाे । त्यस भ्रमणमा हामीले धरहराकाे विगत, वर्तमान र भविष्यकाे अवस्था, पशुपतिनाथ मन्दिरकाे निर्माण र संरचना, काठमाडाैँकाे पुरानाे अवस्था र परिवेशकाे बारेमा अध्ययन अवलाेकन गरी धेरै जानकारी लियाैँ । यस भ्रमणमा हामीले जानकारी लिएअनुसार काठमाडाैँ उपत्यकालाई पहिले नेपाल भनिन्थ्याे । काडमाडाैँ उपत्यकामा पहिले एक ताल थियाे । मञ्जुश्रीले चाेभारबाट त्यस ताललाई काटेर खालाकाे धारमा बग्न दिएपछि बस्न लायक ठाउँ बनेकाे इतिहासकाे बारेमा पनि हामीलाई शिक्षकले जानकारी गराउनुभएकाे थियाे । सुरुमा केही गाेठालाहरू नेपालमा बस्न थाले । नेपा नामका एक ऋषिले भक्तमान नामका गाेठालालाई नै पहिलाे राजा बनाएका थिए । गाेपाल वंशका राजाले नेपालमा ५२१ वर्षसम्म शासन गरे । त्यसपछि महिष्‌पाल, किरात, लिच्छवी, मल्ल र शाहवंश गरी फरकफरक वंशका राजाले राज्य गरेका कुरा पनि हामीलाई त्यस  भ्रमणमा अध्ययन  गराउनुभएकाे थियाे । बाइसे चाैबिसे राज्य हुँदा पृथ्वीनारायण शाहले एकीकरण गरी सिङैगाे नेपाल गराएकाे कुरा पनि हामीले त्यस भ्रमणमा जानकारी लिएका थियाैँ । त्यस भ्रमणमा प्राचीन नेपालमा विवाह गर्ने र बेहुली लैजाने तरिकाका बारेमा पनि हामीले अध्ययन  गरेका थियाैैँ । उपत्यकाकाे नेवारी सस्कृति र परम्पराकाे बारेमा पनि अवलाेकन गरी जानकारी लियाैँ । 

पुरानाे रहनसहन र संस्कृतिकाे अध्ययन अवलाेकन गर्दा हामी धेरै उत्साहित भएका थियाैँ । इतिहासका बारेमा पुराना कुराकाे अध्ययन गर्नु पनि निकै राम्राे कुरा रहेछ । यस भ्रमणबाट हामीले हाम्राे देशका बारेमा नजानेका नदेखेका कुराहरू जान्न र सिक्न पायाैँ । याे भ्रमण हामी सबैका लागि निकै ज्ञानवर्धक भयाे ।