Logo

Student Corner

जीवन

Written by: Bipana Shrestha - 2023003, Grade IX

Posted on: 21 February, 2021

दु:ख सुख नै जीवन रहेछ। 

हाँसो खुसी नै जीवन रहेछ।  

 

निर्दोषी  मानिस जो छन् यहाँ, 

दोष उसैमाथि  थुपारी आफू चोखो हुने, 

ठुलो खेलको होड बाजी चल्दो रहेछ। 

नबिर्सौं, 

बुद्ध जन्मेको देश हो मेरो ,

सगरमाथाको देश हो मेरो, 

वीर गोर्खालीको देश हो मेरो। 

 

मेरै देशमा आज किन 

तँछाड मछाड र लुछाचुँडी   ?

 

 किन मेरै देशमा मिल्दैनन् नेता 

के भएको खै कहिले यता कहिले उता ? 

 

अहङ्कार छोडेर देश विकासमा लाग। 

तीन करोड नेपालीको यही छ है माग।