Logo

Student Corner

माघे संक्रान्ति

Written by: Aashutosh Basnet - 2030005, Grade II

Posted on: 21 February, 2021

माघे संक्रान्ति हिन्दु धर्मका मानिसहरूले मनाउने चाड हो। यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ । यो उत्सव माघको पहिलो दिनमा मनाइन्छ। यस दिन घिउ,चाकु, तिलको लड्डु तरुल, खिचडी आदि  खाएर र यस्ता खानेकुरा दान गरेर मनाइन्छ । यी खानेकुराले हाम्राे शरीरमा ताताेका साथै शक्ति पनि दिन्छ ।  यस दिन विभिन्न धार्मिक स्थलमा गएर नुहाइन्छ र पूजापाठ गरिन्छ । हामीले पनि त्यस दिन घरमा धेरै मिठा मिठा खानेकुरा खाएर रमाइलो गर्‍याैँ ।