Logo

Student Corner

संस्कृति

Written by: Rohan Upreti - 2022016, Grade X

Posted on: 18 February, 2021

संस्कृति आर्जित सम्पति हो। हामीले आफ्ना पुर्खाहरूले मान्दै आएका कुराहरू मान्दै आइरहेका छौँ। परम्परादेखि चलि आएका चालचलन वा मान्यतालाई हामी संस्कृतिका रूपमा मान्दै आइरहेका छौँ। संस्कृति भन्नाले कुनै राष्ट्र जाति वा समुदायको सामाजिक जीवन,आर्थिक,व्यवस्था राजनीतिक चालचलन,खानपिन पहिरन चिन्तन आदि अनेकन् कुरालाई जनाउँछ।संस्कृतिले कुनै राष्ट्र जाति वा समुदायका मानिसका खाने तरिका,बोल्ने तरिका,काम गर्ने तरिका,हेर्ने तरिका,बस्ने तरिकासमेतलाई जनाउँछ।संस्कृति नैतिक नियम पनि हो। संस्कृति भन्नासाथ हामी पुर्खासँग जोडिन पुग्छौँ। पुर्खाहरूले चलाएको र आफ्नो भन्दैमा सबै कुरा राम्रो हुन्छ भन्ने पनि केही छैन।संस्कृतिको चरित्र परम्परागत हुन्छ तर अपरिवर्तनशील हुँदैन। भूगोल र जातिअनुसार संस्कृति फरक हुन्छ। महिला र पुरुषका पहिरन, गरगहना, बोलीवचनमा पाइने भिन्नताका आधारमा पनि संस्कृति फरक हुने गरेको देखिन्छ। नेपालमा तराई ,पहाड र हिमालमा अलगअलग प्रकारका संस्कृति छन् र ती सबै मिलेर सिङ्गो नेपाली राष्ट्रिय संस्कृतिको निर्माण भएको छ।संस्कृति बहुधार्मिक,बहुजातीय बहुभाषिक,र विविधतामयी हुन्छ। संस्कृति समुदाय वा राष्ट्रको अङ्ग हो। संस्कृतिमा मानिसले आफ्ना जीवनशैली व्यवहार रहनसहन जस्ता कुराहरू  प्रस्तुत गर्दछ। नेपाली संस्कृति नेपालीको मौलिक संस्कृति हो।नेपाली संस्कृति अनेकतामा एकता र विविधताको संस्कृति पनि हो। आफ्नो संस्कृतिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो।