Logo

Student Corner

परसिव्यरेन्स रोभर

Written by: Aryan Thagunna - 2022003, Grade X

Posted on: 17 February, 2021

परसिव्यरेन्स रोभर नासाले बनाएको रोबट हो । यो रोभर योभन्दा पहिले मङ्गल ग्रहमा गएको क्युरोसिटी रोभरको आधारमा बनाइएको हो । आकारका हिसाबले परसिव्यरेन्स एउटा सानो गाडी जत्रै रोभर हो। जुन मङ्गल ग्रहको जेजिरो क्रेटर अन्वेषण गर्न यात्रामा हिडेको छ । पृथ्वीबाट ३० जुलाई २०२० मा उडेको यो रोभरमङ्गल ग्रहमा १८ फेब्रुवरी २०२१ मा उत्रिने छ । परसिव्यरेन्सको  मुख्य लक्ष्य मङ्गलग्रहको सतहमा जीवनको खोजि गर्नु हो । यस रोभरमा सात वैज्ञानिक यन्त्रहरु जोडिएका छन्। जसको मद्दतले परसिव्यरेन्स आफ्नो काम पुरा गर्नेछ । परसिव्यरेन्सले मानिसलाई मङ्गलग्रहमा लग्ने पहिलो कदम पनि उठाइरहेको छ । पृथ्वीबाट उडेको सात महिनापछि आफ्नो गनतव्यमा पुग्ने यो रोभरले जमिन छुनु अगि सात मिनेटको लागि आफ्नै कम्य्पुटरको भरमा रहने छ । सात मिनटको समयमा यो रोभरलाई पृथ्वीबाट नियन्त्रण गर्न मिल्दैन । यो कार्य रोभरले सफलतापूर्वक गरेपछि यसलाई पृथ्वीबाट नियन्त्रण गर्न मिल्छ। यो रोभरको निर्माणमा जम्मा २.७ अरब अमेरिकी डलर खर्च भएको छ । हामीले यस रोभरको यात्रा नासाको वेबसाईटमा गएर प्रत्यक्ष प्रसारण पनि हेर्न सक्छौँ । मङ्गलग्रहमा मानिस जाँदा चाहिने तथ्याङ्क यस रोभरले अनुसन्धान गरेर पृथ्वीमा पठाउनेछ । परसिव्यरेन्स नासाको मङ्गलयानमा   मानिसको बस्ती बसाउने योजनाको पहिलो कदम हो ।