Logo

Student Corner

इच्छा

Written by: Rushina Tamang - 2025014, Grade VII

Posted on: 17 February, 2021

लेख्ने इच्छा छ मलाई 

कवि बन्ने इच्छा छ मलाई

पुरस्कारहरू जित्ने इच्छा छ मलाई 

ठुलो नाम कमाउने इच्छा छ मलाई 

तर हातले साथ दिएन। 

 

कलमप्रति माया छ मलाई 

कापीप्रति माया छ मलाई 

किताब पढ्न मन छ मलाई 

किताब लेख्ने मन छ मलाई

तर मैले केही गर्न  पाइनँ। 

 

लेख्ने इच्छा थियो मलाई 

पढ्ने इच्छा थियो मलाई

उठ्ने इच्छा थियो मलाई 

दौडने इच्छा थियो मलाई 

तर शरीरले साथ दिएन। 

 

मैले झ्यालबाट हेरिमात्र रहेँ 

खुसीले खेलिरहेका बच्चाहरूलाई 

उनीहरूलाई देखेर म राेएँ 

किनकि खेल्ने इच्छा थियो मलाई 

हिड्ने इच्छा थियो मलाई। 

 

सबैले मलाई अशक्त भन्छन्

मैले केही गर्न सक्दिनँ भन्छन् 

कोही मलाई हेरेर तर्सिन्छन् 

कोही मलाई घुरेर बस्छन्

तर यो चिजले मलाई कति मुटु दुख्छ 

कहिल्यै सोध्दैनन्।