Logo

Student Corner

मैले भोगेको कोविड

Written by: Prasoon Man Shrestha - 2022015, Grade X

Posted on: 16 February, 2021

कोविड १९ को सङ्क्रमण र त्रास वि.स. २०७६ को अन्ततिरबाट सुरू भएको थियो। त्यसबेला नेपालमा करिब चैत्र महिनाको अन्त्यसम्ममा २/३ जना कोविड सङ्क्रमित थिए। कोविड १९  जङ्गली आगो जस्तै संसारभरि फैलिरहेको थियो। त्यसबेला लकडाउन हुने भन्ने हल्ला चलिरहेको थियो। सबै जना अब के होला भनेर चिन्तित थिए। सबैजना सचेत हुँदै गए र सावधानी अपनाउन थाले। कोविडको सङ्क्रमण बिस्तारै बढ्दै गयो । सरकारले  देशव्यापी लकडाउन घोषणा गर्‍याे।

लकडाउनको समयमा मसँग कुनै काम थिएन। म ग्याजेटमा खेल खेल्थें र गीतार बजाउँथे। लकडाउन बढ्दै जाँदा हाम्रो विद्यालयले अनलाइन कक्षा सुरू गर्ने निर्णय गर्‍याे । जब  द्रुत रूपमा कोविड १९ को सङ्क्रमण बढ्दै गइरहेका थिए तब लकडाउन खोल्ने कुनै सङ्केत थिएन। दिनहरू निकै कष्टकर रूपमा बित्दै गए । सास पनि बिस्तारै फेर्नु पर्ने जस्तो हुन थाल्यो । घरमै बस्नु पर्ने अवस्था झन् पछि झन् हुन थाल्यो । समय बित्दै गयो। खोपको बारेमा केही हल्लाहरू सुनिन थाल्यो। तर यो सफल हुन धेरै समय लाग्ने सुनियो। केही समयपछि लकडाउन क्रमश: खोल्दै जाने कुरा सुनिए पनि  कोविड उपचारको कुनै सङ्केत  थिएन। सङ्क्रमित मानिसहरूको सङ्ख्या  दिनप्रतिदिन बढ्दै थियो । भविष्यमा के हुन्छ भन्ने कुरा हामी कसैलाई पनि थाह थिएन। 

अहिले लकडाउन छैन। नेपालमा पनि कोविड १९को  खोप आएर  लगाउन थालिसके।  हाम्रो विद्यालय खुलिसक्यो। अहिले कक्षा ४ देखि माथिका सबै कक्षाहरू भौतिक रूपमा चलिरहेका छन्। बिस्तारै डर पनि हराउँदै जान थालेको छ। सबै कुरा सामान्य जस्तै लाग्दै गइरहेका छन्।