Logo

Student Corner

यसपालिको दसैँ

Written by: Shreyasa Dangol - 2029036, Grade III

Posted on: 16 February, 2021

 २०७७ साल असाेज महिनाकाे १ गते घटस्थापनाका दिन बिहान आमाले पूजाघरमा जमरा राख्नुभयो । त्यसपछि महाअष्टमीका दिन हामी सबैजना विभिन्न मन्दिरहरू घुम्न गयौँ । यसै दिन बेलुका विभिन्न परिकारका सहित भाेज खायौँ । महानवमीको दिन पूजाकोठामा परिवारका सबैजना मिलेर पूजा गर्यौँ । बुबाले माेटरसाइकल र मेरो साइकल पनि पूजा गर्नुभयाे । विजयादशमीको दिन हजुरआमा बुबा आमा र दाइले दक्षिणा सहित टीका र जमरा मलाई लगाइदिनुभयो । त्यही दिन हामी मामघरमा पनि पनि टीका लगाउन गयौँ । यसरी नै मैले यसपालिको दसैँ मनाएँ ।