Logo

Student Corner

ढिकुर प्रथा

Written by: Mausam Karki - 2022010, Grade X

Posted on: 15 February, 2021

थकाली  खाना पछिल्लो समयमा निकै लोकप्रिय हुँदै आएको छ। थकाली जाति व्यापार व्यवसायमा निकै आगाडि छन्।  थकाली जातिमा गौचन, शेरचन, कुलोचन,भट्टचन आदि थर रहेका छन्।थकाली जातिको मुख्य बसोबास मुस्ताङको थाकखोला हो। हाल सात सय भन्ने  गाउँमा बसोबास गर्ने तामाङ नै थकाली नामले प्रचलित छन्। सम्पन्न र पहुँचवाला थकालीले ठुलाठुला ठेक्कापट्टा गरे भने आर्थिक स्थिति कमजोर भएकाले पनि बाटाघाटामा होटल र अन्य यस्तै अस्थायी प्रकृतिका व्यापार गरी अर्थोपार्जनमा तल्लीन भए । यसरी व्यापारबाट निकै उन्नति गरेका थकालीको आर्थिक उन्नतिकाे कारक भने उनीहरूको संस्कृतिमा रहेको ढिकुर  प्रथा हो ।

 ढिकुर प्रथा विभिन्न नामले चीनको तिब्बत प्रान्त लगायतका दक्षिणपूर्वी एसियामासमेत प्रचलित छ। ढिकुर प्रथा थकाली जातिलाई उन्नत बनाउने प्रथा हो । यसै प्रथाको कारण उनीहरूमा आर्थिक आदानप्रदान मात्र होइन समूहकार्य,अनुभव र विभिन्न उपायको आदानप्रदान हुने गरेको छ। नेपाल सरकाले पनि सहकारीलाई उच्च महत्त्व दिँदै “गाउँगाउँमा सहकारी, घरघरमा भकारी”को नारा अघि सारेकाे छ। जुन ढिकुर प्रथाको विकसित रूप हो।सहकारीबाट आर्थिक उन्नती गर्न सकिन्छ भन्ने कुरा विकसित देशबाट सिकेको कुरा हो ।थकाली जातिमा सहकारी जस्तै प्रकृतिको ढिकुर प्रथा सयाैँ वर्ष अगाडि नै विकसित भएको थियो । वर्तमान समयमा यही प्रथा विकसित हुँदै थकाली जातिले आर्थिक क्षेत्रमासमेत निकै सफलता प्राप्त गरिसकेका छन् ।