Logo

Student Corner

कोरोना भाइरस: मेरो अनुभव

Written by: Bikarsha Ojha - 2022005, Grade X

Posted on: 14 February, 2021

कोरोना भाइरस (कोविड १९ )ले सालमा विश्वभरका मानिसहरूलाई घरमै रोक्यो | कोविड १९ ले विश्वको अर्थतन्त्रमा नोक्सान पुर्‍याएको छ। डब्ल्युएचओले लगाएका  स्वास्थ्य सम्बन्धी मापदण्डका कारण अर्थतन्त्रका लागि मुख्य स्रोत भएका संस्थाहरूसमेत बन्द भए। यो विशाल महामारीले कडा लकडाउन सहनुपर्‍यो जसबाट विश्व समुदाय नै पीडित भयो।

कोभिड १९ वर्तमान परिस्थितिका कारण हामी सबै घरमा बस्न बाध्य भयाैँ। घरमा बस्दा सङ्क्रमित हुने सम्भावना कम हुने कारण सबले सरकारकोआदेश मान्यौँ । यसको औषधी नबनेको कारण लकडाउन नै यसको औषधी बन्नपुग्यो ।स्वास्थ्य सुरक्षाका लागि गरिएको लकडाउनका कारण सबै मानिसले तनावको सामना गर्नुपर्‍यो । यो रोगको डरभन्दा पनि मनको डरले धेरै मानिस बिरामी भए । कहिले नभएका विद्यालय लामो समयसम्म बन्द भए । यस्तो लाग्दै गयो कि कोरोना लाग्यो भने निको नै हुँदैन । यसले सबै मानिसलाई सिकायो कि सबैभन्दा शक्तिशाली भनेको त भाइरस हुँदो रहेछ । धनसम्पत्ति सबै कुरो रहेनछ । परिवार र स्वास्थ्य सबैभन्दा ठुलो कुरा रहेछ। आफूलाई शक्तिशाली ठान्ने देशहरू पनि  यसबाट झुक्नुपर्‍यो । भाइरससामु हातहतियार निरीह बने ।