Logo

Student Corner

मलाई मन पर्ने चरा

Written by: Aaron K.C. - 2030004, Grade III

Posted on: 14 February, 2021

मलाई मन पर्ने चरा को नाम डाँफे हो । डाँफे हाम्रो राष्ट्रिय चरा हो । यो नेपालको सबै राष्ट्रिय निकुञ्जहरूमा पाइन्छ । डाँफे उच्च पहाडी र हिमाली भेगमा बस्न रुचाउँछ । डाँफेले किरा, फट्याङ्ग्रा, बाँसको तामा आदि खान्छ ।

डाँफे सुन्दर चरा हो । डाँफेको रङ राताे, निलो, सेतो, प्याजी र कालो रङ मिसिएको हुन्छ । डाँफेलाई नाैरङ्गी चरा पनि भनिन्छ । मलाई डाँफे एकदमै मन पर्छ ।