Logo

Student Corner

मोबाइल

Written by: Rohan Upreti - 2022016, Grade X

Posted on: 11 February, 2021

मोबाइल फोन दूरसञ्चारको माध्यम हो । यसको मद्दतले हामी टाढा टाढा रहेका आफन्त वा अन्य व्यक्तिहरूसँग कुराकानी गर्न सक्छौँ।यसको सहायताले हामी सन्देशहरू आदानप्रदान गर्न सक्छौँ । यस यन्त्रको सहायताले कुराकानीका अलावा थुप्रै कामहरू पनि गर्न सक्छौँ ।अहिले त मोबाइल फोनले लगभग एउटा कम्प्युटरले गर्ने जति काम गर्न सक्छ । याे तारविनाकाे उपकरण हाे। यसको सबैभन्दा राम्रो पक्ष भनेको आफूलाई जहाँ मन लाग्यो त्यहाँ जतिबेला मन लाग्यो त्यतिबेला बोकेर लैजान सकिन्छ  । सबैभन्दा पहिले मोबाइल फोन चालीस वर्ष पहिले बनाइएको थियो|  यसको आविष्कार मार्टिन कुपर, एरिक टाइगरस्टेड, डोनाल्ड कोक्सद्वारा गरिएको थियो।मोबाइल फोनको आविष्कार हुनासाथ मोबाइल फोन महँगो र भारी हुने गर्थ्यो। अब यो कम खर्चिलो छ।मोबाइल फोनका विभिन्न प्रयोगहरू छन्। 

*  मनोरञ्जन

* क्यालकुलेटर

* समाचार, खेलकुद, र प्रत्यक्ष घटनाहरू

मोबाइल फोनका धेरै जसो फाइदासँगै  बेफाइदा पनि छन् । मोबाइल फोनले मानिसमा एक्लोपन ल्याउँछ। मोबाइल फोनको अधिक प्रयोगले मूल्यवान् समय यत्तिकै खेर जान्छ। मोबाइल फोनको प्रयोगले काम अलमल्याउँछ। धेरै पैसाको नाश पनि हुन्छ। यदि हामी मोबाइललाई सही तरिकाले प्रयोग गर्‍यौँ भने यसले हाम्रो समय र पैसाको पनि बचत गर्छ । यदि हामीले यसलाई ठिकसँग प्रयोग गर्‍यौँ भने यसबाट हामीले धेरै फाइदा लिन सक्छाैँ। अहिले बजारमा सामान्यदेखि निकै मूल्य पर्ने  माेबाइलहरू पाइन्छन् । विभिन्न कम्पनीका  माेबाइलहरू बजारमा पाइन्छन् । केही प्रसिद्ध मोबाइल ब्रान्डहरू हुन् ः सामसुङ, हुआवे, एप्पल, ओप्पो, भिभो, एलजी आदि।