Logo

Student Corner

भोलिको म

Written by: Sauharda Bajracharya - 2025016, Grade VII

Posted on: 11 February, 2021

बन्छु म

ठुलो भएर

सैनिक नेपालको,

देशको रक्षा गर्ने

मेरो कर्म,

देश सुरक्षित पार्ने

मेरो धर्म,

 

हाम्रो देशमा

हुन दिन्न

कुनै युद्ध,

हटाउँछु म

देशबाट आतंक,

हटाउछु म

देशबाट भ्रस्टाचार,

 

बन्छु म

ठुलो भएर

सैनिक नेपालको,

हाम्रो देशका 

सम्पूर्णमा 

अनुभूत गराउँछु

सुरक्षाकाे

छन धेरै भ्रष्टाचारी

हटाउँनेछु कुप्रथा

 

असल राष्ट्रसेवक 

एक कुशल सैनिक

भाेलिकाे म