Logo

Student Corner

इङ्ल्यान्ड बनाम भारत

Written by: Dip Rajbahak - 2022008, Grade X

Posted on: 10 February, 2021

५ फेब्रुअरीदेखि ९ फेब्रुअरीसम्म इङ्ल्यान्ड बनाम भारतको पहिलो टेस्ट भारतको चेन्नई स्टेडियममा खेलिएको थियो l इङ्ल्यान्डका कप्तान जो रुटले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिए l  भारतका लागि इङ्ल्यान्डको खेलाडीहरू चाहिँ कप्तान जो रुट, बेन स्टाेक्स, जस बट्लर जोफ्रा आर्चर, ज्याक लित्च, जिम्मी एन्डरसन, डोम सिब्ले, रोरी बर्न्स, डान लान्व्रस, डोम बेस र ओली पोप l इङ्ल्यान्डले आफ्नो पहिलो इन्निङ राम्ररी सुरुवात  गर्‍यो । दुवै ओपनरका बिचमा ५० रनको साझेदारी भयो l त्यसै बिचमा भारतका स्पिनर रविचन्दन आश्विनले रोरी बर्न्सलाई (एल. बि .डब्लु) आउट गरे l डान लान्व्रस मैदानमा टिक्न सकेनन् । उनी शून्य रनमै आउट भए l पछि इङ्ल्यान्डका कप्तान आएर खेल नै उल्टाई दिए l जो रुट र डोम सिब्ले मिलेर  ब्याटिङ गरे। दुवै जनाले  अर्धशतक पुराए l जो रुटले पहिलो दिनमै सतक हाने ।अन्त्यमा भारत तेस्रो विकेट लिन सफल भयो। उनीहरूले सिब्लेलाई पनि आउट गरे  l 

 

दोस्रो दिन पनि भारतको लागि कठिन देखियो । इङ्ल्यान्डका  कप्तान र उपकप्तान मिलेर १२४ रनको साझेदारी गरे र इङ्ल्यान्डलाई माथि पुराए ।  इस्टाेक्स ८२  मा आउट भए । कप्तान २०० रन हान्न सफल भए l  २१८ मा रुट आउट भएपछि अरू ब्याट्सम्यानहरू २० - ३० रन मात्र  जोड्न सफल भए । इङ्ल्यान्डका खेलाडीहरू ५७८ रनमा अल आउट भए l भारतका तर्फबाट आश्विन र बुम्रहले ३- ३ विकेट लिए भने शर्मा र नदीमले २ - २ विकेट लिए l

 

 भारतले राम्रो ब्याटिङ गर्न सकेन र धेरै खेलाडीहरू १० - २० को स्कोरमा आउट हुँदै गए । ती मध्ये रिसभ पन्त अलि आश लाग्दा देखिए । उनी ८८ बलमा ९१ रन हान्न सफल भए र चेतेश्वर पुजारा र वासिङटन सुन्दरले ७५ र ८५ रन हाने । भारत ३३७ रनमा अल आउट भयो l  इङ्ल्यान्डलाई अब २४१ रनको अग्रता थियो l  अन्तिममा इङ्ल्यान्डले ४१९ रनको टार्गेट दियो l नराम्रो ब्याटिङका कारण भारत १९२ मै अल आउट भयो । इङ्ल्यान्डले यो पहिलो खेल २२७ रनले  जित्यो l