Logo

Student Corner

मेरो जन्मदिन

Written by: Niva Shrestha - 2029020, Grade III

Posted on: 10 February, 2021

मेरो जन्मदिन असार १० गते थियाे । मेरो जन्मदिनमा मामा, माइजू, अजा, अजी, दाइ, दिदीहरू, भाइ, बहिनी, नानी आदि सबै जना आउनुभयाे । हामीले मिठो खानेकुरा पकाएर खायाैँ  र केक काटेर मैले सबैलाई भाग लगाएँ । मेराे जन्मदिनमा हामीले घरमा धेरै खेलहरू पनि खेल्याैँ । मेरा मामा माइजू मिलेर एउटा छोटो र मिठो गीत पनि गाउनुभयो । बहिनीले नृत्य देखाई जुन चाहिँ असाध्यै राम्रो थियो । मैले मेरो जन्मदिनको अवसरमा उपहार पनि पाएँ । मलाई सबैजनाले जन्मदिनको शुभकामना पनि दिनुभयो । म मेरो जन्मदिनमा धेरै खुसी भएँ ।