Logo

Student Corner

के सम्बन्ध छ, बादलको ?

Written by: Sonishma Basnet - 2022021, Grade X

Posted on: 09 February, 2021

हराएर आफैँभित्र शून्य समयमा 

सोच्ने गर्छु, म के सोचिरहेछ होला त्यो  बादल

के सम्बन्ध थियो,होला पृथ्वी र बादलको ?

टाढा-टाढासम्म  फैलिएर घेर्छ बादल पृथ्वीलाई,

 

 बादलले सुरक्षा गरे जस्तो पृथ्वीलाई

 काखी च्याप्छ कि घुम्टाे ओढाउँछ ?

 वशमा राख्छ कि के गर्छ ?

 यस्तै यस्तै प्रश्नमा घोत्लिरहन्छ,मेरो मन। 

 

 किन बादल चिसिएर पानी बनी पृथ्वीमै फर्किन्छ ? 

 किन बादल पृथ्वीलाई  सेताम्मे बनाउँछ?

 के साइनो छ,पृथ्वीसँग बादलको ?

 यस्तै यस्तै प्रश्नमा घोत्लिरहन्छ,मेरो मन।

 

 लाग्छ मलाई, बादल पृथ्वीसँग रिसाएको छ। 

 आफ्नो रिस पाेख्न बेमौसमको बर्षात् बर्साई रहेछ। 

 म सोच्ने गर्छु पृथ्वीको केही पो गल्ती पो थियो कि

 यस्तै यस्तै प्रश्नमा घोत्लिरहन्छ,मेरो मन।