Logo

Student Corner

मेराे घर

Written by: Paniz Shrestha - 2029021, Grade III

Posted on: 09 February, 2021

मेराे घर टोखामा छ । याे घर मेरो हजुरबुबाले किन्नुभएको हो । मेराे घरतिरकाे क्षेत्रलाई ‘विनाज रेसिडेन्सी’काे नामले चिनिन्छ । यहाँकाे गेटमा पालेहरू बस्छन् । मेरो घरबाट मेरो विद्यालय १० कि‍.मि टाढा छ । मेराे घर साढे तीन तल्लाको छ । भुइँ तल्लामा बैठक कोठा, भान्सा कोठा र शौचालय छन् । पहिलो तल्लामा मेरो कोठा, बाबाको काेठा र हजुरबाको कोठाका साथै शौचालय छ । दोस्रो तल्लामा सुत्ने कोठा, पूजा कोठा, लुगा धुने कोठा र ठूलो छत छ । मलाई मेराे घर धेरै मन पर्छ । मेराे घर उज्यालो र सफा छ । मेरो घरको छतबाट विभिन्न दृश्यहरू देख्न सकिन्छ । त्यो हेर्दा मलाई निकै रमाइलो लाग्छ ।