Logo

Student Corner

आमा

Written by: Sarjan Waiba Tamang - 2023015, Grade IX

Posted on: 08 February, 2021

नौ नौ महिना कोखमा राखी मलाई जन्म दियौ,

मनमा पीडा बाहिरै राखी हाँसी राह्याै।

बाबाको गालीबाट बचाई राख्यौ आमा,

आमा ! तिमीभन्दा ठुलो ईश्वर कोही छैन,संसारमा । 

 

साँवा अक्षर क,ख,ग  देखि गणितको १,२,३ सबै सिकायौ 

जब म रुन्छु रातमा स्वर्गको आभाष पाउँछु तिम्रो काखमा 

आमा ! सक्दिन म बिर्सन तिम्रो माया र ममता 

आमा ! म केही नबोले पनि कसरी बुझ्छ्यौ  मेरो पीडा 

 

अमृतभन्दा पनि निश्छल छ तिम्रो ममता र माया 

मलाई बुझ्न गाह्रो भो तिमी भगवान् कि आमाको रूप हाै ?

आश्चर्य लाग्छ तिम्रो स्वार्थविनाको माया तिम्रो आमा 

लाग्दैन,मलाई ठुलो तिमीभन्दा अर्को देवता 

 

लाग्छ मलाई सबैभन्दा भाग्यमानी म नै हुँला 

सायद तिम्रो माया र साथ पाएर होला 

कसरी तिर्न सकुँला र म तिम्रो ऋण 

बाँच्न सकुँला र म कसरी आमा  तिमीविना