Logo

Student Corner

माघे संक्रान्ति

Written by: Samriddhi Shahi - 2030036, Grade II

Posted on: 07 February, 2021

माघे संक्रान्ति माघको १ गते मनाइन्छ । यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ । यस पर्वमा घिउ, चाकु,  तिलको लड्डु  आदि खाइन्छ । यस दिन घिउ, चाकु,  तिलको लड्डु आदि दान गरेर विभिन्न मन्दिरहरूमा गएर पूजाआजा पनि गरिन्छ । यस दिन टाउकोमा तेल लगाउने चलन पनि छ । यो पर्व विभिन्न जातजातिहरूले पनि आ-आफ्नै तरिकाले मनाउँछन् । थारु समुदायमा याे चाड विशेष किसिमले मनाइन्छ । उनीहरूले यस पर्वलाई माघी भनेर मनाउने गर्दछन् र यस दिनलाई नयाँ वर्षकाे रूपमा लिन्छन् । तराईमा पनि यस दिनलाई अनिवार्य रूपमा नुहाउनुपर्ने दिन मान्छन् ।