Logo

Student Corner

सूचना विस्तार र आजको विश्व

Written by: Anushka Basnet - 2023002, Grade IX

Posted on: 04 February, 2021

पहिले-पहिले परेवा काग कुकुर आदि जनावरका आवाजका आधारमा सूचना अनुमान गरिन्थ्यो। समय विकासक्रमसँगै चिठी पठाउने चलनको सुरूवात भयो । वैज्ञानिकहरूले नयाँ नयाँ यन्त्रहरूको आविष्कार गरेसँगै चिठी पठाउने चलनमा कमी हुँदै गयो।चिठीकाे ठाउँ टेलिफोन,माेबाइल,रेडियो,टेलिभिजन, ताररहित टेलिभिजन ,फ्याक्स, कम्प्युटर आदिले लिए । कम्प्युटरको आविष्कारसँगै सूचना प्रविधिको तीव्र विकास र बिस्तार हुँदै गयो। 

वैज्ञानिकहरूले विभिन्न खोज र अनुसन्धान गर्दै जाँदा पृथ्वीभन्दा बाहिर  अन्तरिक्षमासमेत खोजी गर्न थाले र मानिसको पहुँच अन्तरिक्षमासमेत पुग्यो अन्तरिक्षमा आफ्नो पहुँच भएपछि। मानिसले भूउपग्रहबाट सूचना सङ्कलन र विस्तार गर्न थाल्यो। इन्टरनेटकाे विकास भएसँगै विभिन्न सामाजिक सञ्जालहरू बिस्तार हुँदै गए । जनस्तरमा सूचनाको विस्तार व्यापक रूपमा बढ्दै जान थाल्यो। विभिन्न आविष्कार हुँदै जाँदा छपाई वा मुद्रणका नयाँ-नयाँ प्रविधिको विकास पनि हुँदै गयो। वैज्ञानिकहरूले आफ्नो क्षमताकाे भरपुर उपयाेग गर्दै गए। सूचना बिस्तारले मानिसहरूमा चेतनाको स्तर पनि विकास हुँदै गयो। विभिन्न पत्रपत्रिका तथा सञ्चार माध्यमको विकासले मानिसमा सूचना विस्तार हुँदै गयो र आजको विश्व सागुँरिदै जान थाल्यो । एउटा कोठा भित्र बसेर विश्वभरका सूचना आदानप्रदान गर्न सकिने भयाे । मानिसले सोचे र सुनेका ठाउँमा कोठाभित्र बसेर पुग्न थाल्यो भने चिन्दै नचिनेका विश्वभरका मानिसहरूलाईसमेत साथी बनाउन सक्ने भयो। कुनै पनि विचार वा घटनाप्रति तत्काल प्रतिक्रिया व्यक्त गर्न र विश्वप्रसिद्ध कृति पढ्न सक्ने भयो । प्रविधिले आजको विश्वलाई सीमित घेरामा कैद गरिदियो। सूचनाकाे बिस्तार वास्तवमै मानव जीवनमा निकै महत्त्वपूर्ण सावित हुँदै गएको छ ।

सूचना विकास र बिस्तार मानिसका लागि आवश्यक त हो नै तर यो प्रविधि विकाससँगै अभिशाप पनि बन्न पुगेको छ। त्यसैले प्रविधिको सदुपयोग जीवनका लागि  वरदान भन्ने कुरामा कुनै दुई मत छैन ।