Logo

Student Corner

यसपालिको दसैँ

Written by: Sambhavya Pandey - 2029030, Grade III

Posted on: 04 February, 2021

दसैँ मलाई मन पर्ने चाड हो । यो दसैँमा मैले चङ्गा उडाएँ । मैले देवी, भगवतीको पूजा पनि गरेँ । टीकाको दिने आफूभन्दा ठूलाबडाको हातबाट टीका लगाएँ । दक्षिणा पनि पाएँ । मैले पनि सानो भाइलाई टीका लगाइदिएँ । म मामाघर गएँ । म फुपूको घर पनि गएँ । मैले दसैँमा मिठा मिठा खानेकुरा खाएँ । घरमा म, भाइ र दिदी मिलेर धेरै रमाइलो गर्याैँ । मैले खसीको कवाफ पनि खाएँ । चकलेट पनि खाएँ । घरमै पानीपुरी बनाएर हामी सबैले मिलेर खायौँ । म मन्दिर पनि गएँ । यसपालिको दसैँमा कोरोना रोगको कारणले गर्दा हामी आफन्तहरूका घर भने जान पाएनाैँ । यसवर्षको दसैँ मेरो यसरी नै बित्यो ।