Logo

Student Corner

वातावरण प्रदूषण

Written by: Kriti Nepal - 2023016, Grade IX

Posted on: 03 February, 2021

हाम्रो वरिपरि हुने हावा,पानी,बोटबिरुवा,जीवजन्तु आदि सबै वातावरण हुन् । वातावरण प्रदूषण भनेको वातावरणमा नचाहिने तत्त्व मिसिएर वातावरणको अवस्था बिग्रनु हो।  प्राकृतिक वातावरणमा फोहोरमैला अथवा कुनै पनि शोषित पदार्थहरू मिसिएर वातावरणमा विद्यमान तत्त्वहरूको सन्तुलन बिग्रदै गएर अस्वच्छ तथा अस्वस्थ हुनुलाई प्रदूषण भनिन्छ।   वातावरण  प्रदूषण विशेष गरी चार प्रकारका हुन्छन् । जसले हाम्रो जीवनलाई प्रत्यक्ष रूपमा हानी पुर्‍याउने गर्दछ । तिनीहरू हुन् : हावा ,पानी,माटो र ध्वनि । सवारी साधनबाट निस्कने धुँवा र ध्वनि, निर्माण कार्यहरूबाट निस्कने धुलो,आदिबाट प्रदूषण हुने गर्दछ भने अव्यवस्थित फोहोरमैला तथा ढलहरूबाट पानीको प्रदूषण हुने गर्दछ।  त्यसैैगरी  प्लास्टिक विषादीहरूको प्रयोग,कारखानाबाट निस्कने फोहोरमैला आदिबाट माटो प्रदुषित हुने गर्दछ। सवारी साधन हवाई जहाज तथा अन्य सवारी साधनहरूबाट निस्कने ध्वनिका कारण पनि ध्वनिको प्रदूषण हुने गर्दछ। पानी र माटोको प्रदूषणका कारण मानिसमा श्वासप्रश्वास लगायत विभिन्न प्रकारका रोगहरू लाग्दछन् । वातावरण प्रदूषणका कारण हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि घट्दै जान्छ । ध्वनि प्रदूषणले कानको सुन्ने शक्ति कम हुँदै जान्छ । वातावरण प्रदूषणकै कारण कतिपय जङ्गली जनावर तथा चुरुङ्गीहरू पनि लोप हुँदै गइरहेका छन् । प्रकृति पनि कुरूप हुँदै गइरहेको छ । वातावरण प्रदूषण हुन नदिन हामी आफैँ सक्रिय हुनुपर्छ । वातावरण प्रदूषण हटाउन सर्वप्रथम जनचेतना जगाउने काम गर्नुपर्छ ।  हामीले वृक्षरोपण गर्ने र प्लास्टिकबाट बनेका सामानहरूको प्रयोग नगर्ने आदि काम गर्नुपर्छ । स्वच्छ हावा शुद्ध पानी शान्त र स्वस्थ वातावरण नै हाम्रो सुखी जीवन हो ।  त्यसैले हामी सबै मिलेर हाम्रो यो सुन्दर संसार र हाम्रो वातावरणलाई स्वच्छ,अनि सुन्दर बनाउनुपर्छ ।