Logo

Student Corner

बजार घुमघाम

Written by: Nitika Kapali - 2029019, Grade III

Posted on: 03 February, 2021

म एकदिन विशाल बजार घुम्न गएकी थिएँ । त्यहाँको मुख्य द्वारको प्रवेशपछि मैले विभिन्न सामानहरू सजाएर राखेको देखेँ । त्यहाँ भित्र जाँदा खानेकुराहरू, तरकारीहरू, चकलेट आदि विभिन्न किसिमका सामानहरू मिलाएर राखिएका थिए । त्यसपछि म स्वचालित भ-याङ चढेर पहिलो तल्लामा पुगेँ । त्यहाँ भान्साका सामानहरू र बच्चाहरूका खेलौना किन्न पाइने रहेछ । त्यसपछि मैले त्यहाँ आइसक्रिम र पानीपुरी खाएँ । त्यहाँ राेटी पनि पाइने रहेछ हामीले त्यहाँ खाजा खायौँ । त्यसपछि हामी घर फर्कियौँ । यस्ता बजारहरूमा सबै सामान एकै ठाउँमा पाइने भएकाले सामान किन्न सजिलो हुने रहेछ ।