Logo

Student Corner

युट्युब

Written by: Manip Maharjan - 2022009, Grade X

Posted on: 02 February, 2021

युट्युब एकअमेरिकी भिडियो सेयरिङ प्लेटफर्म हो। युट्युबमा हामीले जुनसुकै भिडियो बनाउन र हेर्न सक्छाैँ।यसको  मुख्य कार्यालय अमेरिकास्थित सान ब्रुनो क्यालिफोर्नियामा रहेकाे छ । यसको निर्माण सन् २००५ फेब्रुअरीमा भएको हो । यसलाई नोभेम्बर २००६  मा एक १.६५ बिलियन डलरमा गुगलले किनेको थियो । 

हाम्रो कम्प्युटर,मोबाइल अथवा ल्यापटप इन्टरनेटमा जडान भएपछि हामीले युट्युबको माध्यमबाट आफूलाई चाहिने सबै चिज  खोज्न र हेर्न सक्छौँ।हामी युट्युबमा आफूलाई चाहिने विभिन्न प्रकारका श्रव्यदृश्य सामग्री हेर्न सक्छौँ। युट्युबमा ससाना बालबच्चादेखि लिएर बृद्धबृद्धासम्मका लागि चाहिने श्रव्यदृश्य सामग्री हेर्न र सुन्न सक्छौँ। अहिले त विभिन्न चलचित्र,लघु चलचित्र,नाटक,प्रहसन जस्ता सामाग्री  यसमा सजिलै पाउन सक्छौँ। त्यति मात्र नभएर ज्ञान-विज्ञान,दर्शन,इतिहास,समाज,धर्म संस्कृति आदि सम्पूर्ण जानकारी पनि सजिलै पाउन सक्छौँ। धेरै समय पहिलेका विभिन्न दुर्लभ जीवजन्तुलगायत अनेक विविध प्राचीन जानकारी पनि युट्युबमा पाउन सकिन्छ ।

अहिले मानिसहरूले आफ्ना विभिन्न कला,ज्ञान सिप र मनोरञ्जन जस्ता कुराहरू आफ्नो युट्युब खाता खोलेर राखेका हुन्छन्। यसो गर्नाले यिनै भिडियोको माध्यमबाट आर्थिक लाभ लिने गरेका छन्। युट्युब भनेको अर्थोपार्जनको स्रोत पनि हो। यसकै कारण अहिले लाखौँ मानिसले लाखौँ रुपियाँ आम्दानी गरेका छन्। कलाकारले आफ्ना गीत तथा अभिनय  युट्युबमा राख्छन्। यसमा राखिएका सामग्री जति धेरै मानिसले हेर्छन् र सदस्यता लिन्छन् त्यति नै आम्दानी बढ्दै जान्छ। तसर्थ काम खोज्नेहरूका लागि यो रोजगारसमेत भएको छ। 

हाल  केही मानिसहरूले युट्युबमा अश्लील सामग्री राखेर विकृति फैलाइरहेका छन्। यस्ता विकृतिले समाजमा छाडापन बढ्दै जानुका साथै विभिन्न अपराधका घटना पनि बढ्ने गरेको पाइन्छ। तसर्थ हामीले आवश्यक र राम्रा कुरा मात्र यसबाट लिन सक्यौँ भने हाम्रो ज्ञानको भण्डारलाई अझ बढाउन सक्छौँ।