Logo

Student Corner

मेरो परिवार

Written by: Sarvani Manandhar - 2031017, Grade I

Posted on: 02 February, 2021

मेरो घरकाे वातावरण रमाइलाे छ । हामी सानो परिवार मिलेर बसेका छाैँ । मेरो परिवारमा बुबा आमा र म छौँ । मेरो बाबाले व्यापार गर्नुहुन्छ । मेरी आमा गृहिणी हुनुहुन्छ । मेरो परिवारमा सबैभन्दा ठूलो मेरो बाबा हुनुहुन्छ । हामीसँगै खान्छौँ । हामीसँगै खेल्छौँ । मेरी आमा भान्छामा धेरै व्यस्त हुँदा म बाबासँग खेल्छु । बाबा अफिस गएको बेलामा म आमासँग बस्छु र खेल्छु । मेरी आमाले मलाई पढ्न लेख्न सहयोग गर्नुहुन्छ । म बिरामी हुँदा मेरी आमाले मेरो हेरविचार गर्नुहुन्छ । बाबाले मलाई मासु किन्न जाँदा सँगै लानुहुन्छ । हामी कहिलेकाहीँ घुम्न पनि जान्छौँ । मेरो बाबा र आमाले मलाई धेरै माया गर्नुहुन्छ । म पनि उहाँहरूलाई धेरै माया गर्छु । मेरो परिवार खुसीसँग बसेको सुखी परिवार हो ।