Logo

Student Corner

दुई सय वर्षपछिको काल्पनिक संसार

Written by: Simone Shree Pathak - 2023012, Grade IX

Posted on: 01 February, 2021

मानव जातिको विकासक्रम र इतिहास हेर्ने हो भने ढुङ्गेयुगसम्म पुग्नुपर्छ। हामी ढुङ्गेयुग हुँदै अहिलेकाे एक्काईसौँ शताब्दीमा आइपुगेका छौँ। अब आउने २०० वर्षमा मानवले निकै विकास गरी हलचल ल्याउने छ ।

मेरो विचारमा हामी मानिस  यो  २०० वर्ष भित्र  मङ्गलग्रहमा बस्न थालेका हुने छौँ। मङ्गल ग्रहमा मानव बस्ती बसाउनु भनेको मानवको एउटा ठुलो उपलब्धी हुने छ।  त्यतिमात्र होइन। अबको दुई सय वर्षमा वैज्ञानिकले क्यान्सर जस्ता भयानक रोगको लागि खोपको विकास गरी सक्ने छन्। क्यान्सर जस्ता रोगको निदान केवल एउटा खोपले मात्रै हुने छ।  

दुई सय वर्षको अवधिमा विज्ञानले धेरै फड्को मारिसकेको हुने छ। मानिसले गर्ने सबै काम मेसिन अथवा रोबर्टले  गर्ने छ। रोबर्टका कारण मानिसको जीवन अत्यन्त सजिलो हुने छ।  तर मानिस अल्छी हुँदै जानेछन्। अबको दुई सय वर्षपछि ताजा हावा खान पनि गाह्रो हुने छ। जनसङ्ख्या तीव्ररूपमा वृद्धि हुने छ। जनसङ्ख्या वृद्धिले गर्दा यो पृथ्वीमा मानिसका लागि आवासको स्थान कम हुँदै जाने छ।  रुख बिरुवा मानिसले सखाप पार्दै जाने छन्।  र स्वच्छ हावा लिन पनि गाह्रो हुने अवस्था आउने छ। 

दुई सय वर्षपछि धर्तीदेखि आकाशसम्म सबै उज्यालो होला। यतिखेरसम्म धेरै जनावर दुर्लभ भइसकेका हुनेछन्।अहिले महामारीको रूपमा रहेको काेरोना भाइरसभन्दा पनि डर लाग्दा भाइरस र अनेक किसिमका रोगले मानिसलाई दु:ख देलान्। हुनत दुई सय वर्षपछि के हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा छैन। 

अब मानवले भविष्यमा आउने विभिन्न किसिमका कठिनाइलाई ख्याल गर्न सकेन भने सम्पूर्ण मानवलगायत पृथ्वीमा रहेका जनावर र सम्पूर्ण प्राणीमा सकारात्मकभन्दा बढी नकारात्मक असर पर्न सक्छ। उद्योग र कलकारखानाको अत्यधिक विकासले र मानव निर्मित  यन्त्रको विकासले मानवको अस्तित्व नै सङ्कटकटमा नपर्ला भन्न पनि सकिँदैन।