Logo

Student Corner

अनुशासन

Written by: Bipana Shrestha - 2023003, Grade IX

Posted on: 28 January, 2021

‘अनुशासन’ भनेको नियमको पालना हो। अनुशासन भनेको मानवजातिको सबैभन्दा राम्रो गुण हो । प्रकृतिले पनि नियमको पालना गरेको छ। प्रकृतिमा रहेका सबै चिज र वस्तुहरू   अनुशासनमा बसेर आफ्नो काम गरेका छन्। अनुशासन  त्यस्ताे गुण हाे जसद्वारा व्यक्तिले आफ्ना भावना र व्यवहारलाई नियन्त्रण गर्न सिक्छ । जीवनको हरेक मार्गमा अनुशासन अत्यन्त महत्त्वपूर्ण छ। अनुशासन विद्यार्थीकाे गहना हाे ।अनुशासन र विद्यार्थीकाे सम्बन्ध भनेकाे नङ र मासु जस्तै हुन्छ। अनुशासनले नै मानिसलाई जीवनमा सफलता दिलाउँछ । 

अनुशासनविना मानिसले जीवनमा केही गर्न सक्दैन। आफूमा अनुशासन भयो भने सबैले राम्रो मान्छन्। सबैले मन पराउँछन्।अनुशासन भएन भने कसैले मन पराउँदैनन्। अनुशासन नभएको मानिस लगामविनाको घोडा जस्तो हुन्छ। अनुशासनको पालना गर्ने मानिसले समाजमा मानसम्मान पाउँछ। अनुशासन हामीले आफूबाट सुरु गरेर अरुलाई सिकाउन सक्छौँ। यदि हामी आफू अनुशासित छैनाैँ भने अरूलाईअनुशासित बनाउन सक्दैनौँ। अनुशासन एउटा यस्तो चिज हो जसले गर्दा हाम्रो जीवनमा सकारात्मक प्रभाव पार्न सक्छ। त्यसैले गर्दा हरेक मानवमा अनुशासन हुनैपर्छ। अनुशासनले हामीलाई आत्म सञ्चालित ,आत्म नियन्त्रित र आत्म निर्देशित बनाउँछ। अनुशासनमा बस्ने व्यक्तिलाई धेरै अवसरहरू प्राप्त हुन्छन्। अनुशासित मानिस जहाँ जान्छ; त्यहाँ सकारात्मक प्रभाव ‍छोड्छ।जीवनको हरेक क्षेत्रमा मानवले नियम र मर्यादाको पालाना गर्नुपर्दछ।त्यो नै अनुशासन हो। 

विद्यार्थी जीवनमा पनि अनुशासनको अत्यधिक महत्त्व रहेको छ ।अनुशासित विद्यार्थी नै एउटा असल नागरिक बन्न सक्छ। असल नागरिक बन्नका लागि अनुशासन अनिवार्य हुन्छ। अनुशासन छैन भने व्यक्तिको जीवन अन्धकारतर्फ धकेलिन्छ। देश चलाउने नेतामा अनुशासन भएन भने देशको भविष्य अन्धकारमा रूमलिन्छ।  अनुशासित नेताले नै देशलाई सही गति दिन सक्छन् ।अनुशासित कर्मचारीले नै देशमा राम्रो काम गर्न सक्छ। अनुशासित पत्रकारले नै सत्य समाचार लेख्छन्। अनुशासित शिक्षकले नै सद्ज्ञान बाँड्न सक्छन् अनि सिप सिकाउन सक्छन् त्यसैले जीवनका हरेक क्षेत्रमा अनुशासनको महत्त्व रहेको छ ।