Logo

Student Corner

पौष्टिक भोजन

Written by: Arwin Tandukar - 2029007, Grade III

Posted on: 28 January, 2021

मानिसकाे जीवनमा पौष्टिक भोजनको ठूलो महत्त्व छ । भोजनविना मानिस बाँच्न सक्दैन । भोजन धेरै प्रकारका हुन्छन् । कुनै भोजन शाकाहारी हुन्छन् भने कुनै मांशाहारी हुन्छन् । म शाकाहारी भोजन मन पराउँछु । पौष्टिक तत्वयुक्त भोजन खानाले हाम्रो शरीर स्वस्थ रहन्छ । हाम्रो शरीरमा फुर्ती आउँछ । पौष्टिक भोजनमा दूध, दही,  दाल, गेडागुडी हरियाे सागपात र फलफूल आदि पर्छन् । यस्त प्रकारका खानेकुरा हामीले दैनिक खानामा समावेश गर्नुपर्छ । माछा, अन्डा, मासु पनि पौष्टिक भोजनमा नै पर्दछन् तर म शाकाहारी भोजन नै खान्छु ।