Written by: Muskan Singh - 2023005, Grade IX
Posted on: 27 January, 2021
एकदिन अपरिचित व्यक्तिले
च्याप्प मेरो पाखुरा समात्यो
र सोध्न थाल्यो
शिवानी हैनौ, ‘तिमी’ ?
‘म’ मुस्कान
उसले मलाई सम्झाउने वहाना गर्दै
गाउँकी शिवानी सहरकी मुस्कान ?
उल्टै मलाई प्रश्न थुपा-यो
अलि विस्मित भएँ,
ऊ अझै रौसिदै थियो।
उसले बालापनका याद दिलाउन खोज्दै,
सँगै पढ्न गएका,
सँगै बसेर खाएका,
इसारा गर्दै मोनु रसोनुलाई नदिन भनेका
अन्य कति कति यस्तै यस्तै
करिब एक दर्जन जति याद दिलाउन खोज्यो।
तर,
अझै चिनिन,मैले
अझै ठुलो स्वरले
मलिन अनुहार र भावमा
निरस शब्दमा ओकल्दै,
प्यासले छट पटाएको प्यासी जस्तै;
शब्द-शब्दका प्यास मेटाउँदै
स्मरण गराउन खोज्यो र भन्यो,
तिम्रा ‘बा’ गाउँका मुखिया
मेरा ‘बा’गाउँका कुल्ली
हामीले जमिनको कारण
गाउँ छोड्नु प-यो
अब त चिन्यौ ?
निधार खुम्च्याएँ मैले
वर्षाकाे झरी जस्तै बरबराउन थाल्याे।
र भन्याे पढेकाे थिएँ।
तिम्रा कविता र कथामा
आत्म गाैरव न्याय र अन्याय
समानता र असमानताका कुरा
अभिनय गरेकाे जस्ताे,
नेताले जनतालाई बिर्से जस्ताे,
भन्दै ऊ मबाट टाढियाे।
मेराे मुखबाट आवाज निस्किनै मानेन।
ऊ गएपछि
बल्ल मैले उसलाई चिने
ऊ मेराे बालसखा भुन्टी
म भुन्टी भुन्टी भन्दै कराउन थाले
झल्यास्स ब्युझिएँ।
म सपनामा रहेछु।