Logo

Student Corner

तिमीले नबनाएको साथी म

Written by: Estella Shrestha - 2023013, Grade IX

Posted on: 26 January, 2021

तिमीले नबनाएको  साथी ‘म’,

सधैँ तिमीसँग हुन्छु। 

मैले बोलेका शब्दहरू 

तिम्रो कानमा बस्छन्। 

तर,

मनबाट खस्दैनन्,

ढोकाविना बनेको सम्बन्ध 

चुडिने कुनै ठाउँ छैन। 

यस्तो लाग्छ,

यो कुनै फलामे सिक्रीले बाँधिएको छ। 

 

न त जोडिएको छ; कतैबाट 

यो हाम्रो सम्बन्धमा 

तिमी छौ र म छु। 

म छु र तिमी छौ ;

म र तिमी हामी छौँ। 

 

र हाम्रो सम्बन्ध छ;

हाम्रो सम्बन्धभित्र विश्वास छ; 

विश्वासभित्र हाम्रो सम्बन्ध छ 

र त्यसमै 

तिमीले नबनाएको साथी ‘म’ छु।