Logo

Student Corner

माघे सङ्क्रान्ति

Written by: Yunil Ghimire - 2023014, Grade IX

Posted on: 25 January, 2021

माघे सङ्क्रान्ति हिन्दु धर्मावलम्बीहरू मनाउने एउटा चाड हो । यो चाड माघको एक गते मनाइन्छ । यो चाड जाडो  महिनाको बिदाइ र गर्मी महिनाको सङ्केत गर्ने चाड हो । ‘पुस जाडो हाइ हाइ माघ जाडो मुटु खाई’भनेझैँ माघको सुरूवाती दिनमा अत्यधिक चिसो हुन्छ । भित्र मुटु नै छेड्ने गरी जाडो हुने हुनाले यसो भनिएको हुन सक्छ। यो चाड सबै जातजातीको चाड भए पनि माघी पर्व भन्नाले विशेष गरी तराई समुदायमा बस्ने थारू जातिको मुख्य चाडको रूपमा रहेको छ । थारू जातिले माघीलाई विशेषरूपमा मनाउँछन् । नाचगान गर्छन् र आफ्नो मौलिक संस्कृति झल्काउने विभिन्न नृत्यहरू प्रस्तुत गर्छन्। 

माघे सङ्क्रान्तिको दिन हिन्दु धर्मावलम्बीहरूले नदी कुवा वा जलाशयमा गई बिहानै स्नान गर्छन् र सूर्यको पूजा र उपासना गर्छन् । हामी पनि माघे सङ्क्रान्तिका दिन धेरै प्रकारका खानेकुराहरू खान्छौँ । तिलको  लड्डु, घिउ, चाकु आदि खानेकुराहरू खान्छौँ।  यी कुराहरू  सूर्य भगवान्लाई चढाउनसमेत उपयुक्त हुने विश्वास गरिन्छ । यी खानेकुराहरूले हाम्रो शरीरमा शक्ति प्रदान गर्छन् । शरीरलाई तातो र बलियो बनाउँछन् ।