Logo

Student Corner

२०१९/२० लाई फर्केर हेर्दा

Written by: Aryan Thagunna - 2022003, Grade X

Posted on: 24 January, 2021

२०१९/२० लाई फर्केर हेर्दा यस्तो समय फेरि कहिल्यै नआस् जस्तै सबैलाई लाग्छ। २०१९ मा चीनको वुहानबाट सुरु भएको कोविड १९ ले निकै तहस नहस पा-यो। लाखौँ मानिसले अनाहकमा ज्यान गुमाए। विश्व अर्थतन्त्रमा  नकारात्मक असर प-यो। नेपाल र नेपालजस्ता अल्प विकसित राष्ट्र विकासको गतिमा निकै पछि धकेलिने निश्चित भइसक्यो। 

नेपाली पात्रोअनुसार पुसको महिना थियो । जाडोकाे मौसम नजिकिँदै थियो। हामी कक्षा ९ को अन्तिम परीक्षाको चटारोमा थियौँ ।  वर्षको अन्तिम परीक्षा दिन बाँकी नै थियो। सबैले अब आउने नयाँ वर्ष र नयाँ कक्षालाई निकै उत्सुकताका साथ लिएका थियौँ । अस्ट्रेलियाको जङ्गलमा आगलागी हँदा करोडाैँ जनावर मरेको समाचार पनि सुन्नु प-याे । केही समयपछि अमेरिका र उत्तर कोरियाबिचकाे टकरावकाे चर्चा पनि सुनियो ।  यी विश्व घटनाहरू पछि सबैभन्दा नराम्रो समयले डेरा जमाउँदै थियो

काेविड १९ यो शब्दले सबैलाई तर्सायाे । चैतको महिनामा  हाम्राे देशले पनि अन्य देशकाे सिकाे गर्दै लकडाउन ग-याे । जेठसम्म त घरबाट बाहिर निस्किन पनि पाइएन वा भनौँ निस्किइएन । विश्वका धेरै मानिसले कोरोनाकै कारण ज्यान गुमाए भने धेरैले रोजगारीसमेत गुमाए । उद्योगधन्दा कलकारखाना व्यापार व्यवसाय सबै ठप्प भए । नेपालमा पनि कैयौँ विद्यालयहरूले शिक्षकलाई तलब दिन सकेनन् । रोजगारीको सिलसिलामा शहर पसेका कैयौँ मानिसहरू यातायातको अभावमा महिनौँ लगाएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म राजधानीदेखि विभिन्न  जिल्लामा आ-आफ्नो घर भएको स्थानमा पैदल हिँडेर यात्रा गरे। कतिले भोकभोकै हिँड्नुपर्दा ज्यान पनि गुमाएँ । 

समग्रमा भन्नुपर्दा २०१९बाट सुरुभएको काेराेनाले २०२०लाईसमेत प्रभाव पा-यो । २०२०काे अन्त्यसम्म आइपुग्दा विकसित देशले खोप निर्माण पनि गरे । नेपालमा पनि भर्खर भारतलेको दिएको खाेप आइपुगेकाे छ । आशा गरौँ अब यो काेराेनाकाे भय हराउने छ।  विश्व अर्थतन्त्र पुरानै गतिमा फर्किने छ पुनः रोजगारीका अवसरहरू सुचारु हुने छन् ।