Logo

Student Corner

नयाँ भाइरस

Written by: Erish Thapa - 2028012, Grade IV

Posted on: 14 January, 2021

हेर्दा   हेर्दा नयाँ भाइरस आयाे  

सबैलाई घरमा बस्ने  बनायाे ।

न त काम न त दाम के गरी बाँच्ने  

कहिलेसम्म हाे खै अप्ठेरो हुने।

  

पहिला पनि धेरै रोगले  सताएको थियो 

फेरि यसले धेरै सतायो। 

वैज्ञानिकहरूले  पत्ता लगाए

नयाँ रोग आयो  भनी  चेतावनी दिए।

 

यसको नाम कोरोना भाइरस बताए 

अनि विश्वलाई  चिनाए।

अब  देश   झन्  डुब्ने  भयो 

काम सबै बन्द हुने भयो ।

यसरी भन्दाभन्दै  बढे  सङ्क्रमित 

अप्ठेरो र सुरक्षित चुनौती  नै भयो ।

 

 इन्टरनेटमा   बस्दा बस्दा हाम्रो  आँखा बिगार्‍याे 

 हेर्दाहेर्दै  सबैको भविष्य  अन्धकार बनायो ।

 न त हामीलाई  पढ्न दियो, न  त स्कुल जान 

 हामीलाई   मोबाइलमा  पढन   बाध्य  बनायो  ।

 

अब   हामी  खेल्न  बिर्सदै गयौँ 

न त  हल चल   गर्न  दियो  ।   

हामीलाई मोटो   बनायो

हिँड्न कुद्द्न बन्द हुँदै गयो । 

 

स्यानिटाइजर  लगाउन बाध्य  बनायो ।

मास्क  लगाउने बनायो,

सधैँ डरमा बस्न बाध्य बनायाे ।