Logo

Student Corner

राम्रो बानी

Written by: Prabal Dawadi - 2028024, Grade IV

Posted on: 12 January, 2021

विद्यार्थीले सधैँ राम्रो 

बानी सिक्नुपर्छ 

राम्रो बानी सिकेर

असल बन्नुपर्छ।

 

सानालाई हेप्नु हुन्न 

माया गर्नुपर्छ

ठुलालाई जहिलेपनि 

आदर गर्नुपर्छ ।

 

आमाबुबाले भन्नुभएको 

सबै कुरा मान्नुपर्छ

विद्यालय सधै गई 

 ज्ञान सिक्नुपर्छ ।

 

गृहकार्य समयमा

सकी बुझाउनुपर्छ

धेरैबेर खेल्नुहुन्न 

पढ्नु पनि पर्छ ।

 

शिक्षकले भन्नुभएको

सधैँ मान्नुपर्छ

पढी लेखी ठुलो भई

असल बन्नुपर्छ


कक्षामा हल्ला गर्नुहुन्न

 ज्ञानी बन्नु पर्छ

राम्रो बानी सिकेर

 फाइदा लिनुपर्छ।