Logo

Student Corner

घेराे चलचित्र समीक्षा

Written by: Safal Raj Ghimire - 2028030, Grade IV

Posted on: 11 January, 2021

दोस्राे चौमासिक परीक्षा सकिएपश्चात नेपाली विषयको कक्षामा गुरुआमाले हामीलाई घेराे  भन्ने सानो चलचित्र देखाउनुभएको थियो । त्यो चलचित्र हामीलाई निकै ज्ञानवर्धक र उपदेशमूलक लाग्याे । चलचित्र विशेष  गरी विश्वलाई कोरोना भाइरसले दुःख दिएपश्चात बनेकाे रहेछ ।

 यस चलचित्रमा साने, सानेका  बुबा, उसकी आमा, पसले, सानेका साथीहरू आदि  पात्रहरू रहेका छन् । यस चलचित्रको मुख्य पात्र साने नै हाे । यस चलचित्रमा साने खेल्न भनेर साथीहरूकोमा जाँदा साथीहरूले माक्स लगाएर आए मात्र हामीले खेलाउँछाैँ  भन्छन् । त्यसपछि साने साह्रै नै दुःखी भएर घर फर्किन्छ ।  उसले आफ्ना बाबासँग  माक्स किनिदिन अनुरोध गर्छ  तर सानेका बाबाले तँलाई किन चाहियो माक्स भनेर उल्टै उसलाई गाली गर्छन् । ऊ दुखी हुन्छ । आमासँग रिसाउँछ ।  आमाले पनि मसँग पैसा भए त किनिदिन्थे तर छैन भनेर भन्छिन् ।  साँझ पख कामबाट घरमा आएपछि सानेका बाले सानेलाई रक्सी किन्न पठाउँछन् । रक्सी किन्नको लागि उनले सानेलाई सय रुपिया दिन्छन् । सानेले सत्तरी रुपियाँको रक्सी किन्छ बाँकी तिस रुपैयाँ आफ्नो खल्तीमा राख्छ ।  घरमा आएर उसले पैसा खुत्रुकेमा राख्छ । त्यस रात सानेले सपनामा खुत्रुके फुटाएर माक्स किनेर लगाएको देख्छ र फर्कने क्रममा ऊ बाटोमा लडेर ठेस लाग्छ । साने निद्राबाट ब्युँझिएपछि ऊ खुत्रुके फुटाएर माक्स किन्न जान्छ तर उसले पसलमा माक्स पाउँदैन र निराश भएर घर फर्कन्छ । सानेलाई एउटा जुक्ति आउँछ ।  उसले आफ्नो पुरानो सर्टको माक्स सिलाएर लगाउँछ र खेल्न जान्छ । त्यसपछि सबै साथीहरूसँग खेल्न पाउँछ ।

 यस चलचित्रले हामीलाई पैसा नभएको बेलामा र आवश्यक परेको बेलामा हामीले आफ्नो पुरानाे सामानको सदुपयोग गरेर काम चलाउनुपर्छ भन्ने कुरा सिकाएको छ ।  यसमा बेलुकीपख आफ्नै सन्तानलाई रक्सी किन्न पढाएर नराम्रो बाटोमा लगाउने अभिभावकको पनि वर्णन गरिएको छ   तर राम्रो कुरालाई मात्रै सम्झने हाे भने यस कथाले हामीलाई अप्ठेरो परेको बेलामा घरमा भएको सामानले काम चलाउन सक्नुपर्छ भन्ने कुरा पनि सिकाएको छ ।  त्यसैले मलाई यो चलचित्र धेरै मन पर्‍याे ।