Logo

Student Corner

जापानकाे सङ्क्षिप्त चिनारी

Written by: Manip Maharjan - 2022009, Grade X

Posted on: 10 January, 2021

जापान पूर्वी एसियाको एक  टापु हो । जापानमा ६,८५२  टापु  छन् । जसकाे क्षेत्रफल ३,७७,९७५  किलोमिटर स्क्वाएर छ । जापानका  पाँच मुख्य टापुहरू तियो हो होक्काइडो, होन्शु, शिकोकु, क्युशु र ओकिनावा हुन्। टोकियो जापानको राजधानी र सबैभन्दा ठुलो सहर हो । अन्य प्रमुख सहरहरूमा योकोहामा, ओसाका, नागोया, सप्पोरो, फुकुओका, कोबे र क्योटो पर्दछन । जापान विश्वकै एघारौँ-जनसङख्या बढी भएको देश हो । जापानका मानिसहरू धेरै जसाे समुद्री सहरमा बस्छन् । जापानका गाउँघरमा कमै मान्छेकाे बसाेबास छ। जापानमा नेपाल जस्तै गाउँका मानिसहरू सबै सहर सरेका हुनाले जापानका गाउँहरू करिब खाली नै भएका छन् र सहरकाे जनसङ्ख्या दिनप्रतिदिन बढ्दै गएकाे छ ।

जापान विश्वका अन्य ठुला देश जस्तै भए पनि जापानको जनसङ्ख्या अलि कम नै छ । किनभने जापान धेरैजसो जङ्गल र हिमालले ढाकेको छ । नेपालमा जस्तै जापानमा पनि हिमाल र वन जङ्गल छन् । हिमाली भेगमा मानिसकाे बसाेबास कमै मात्रामा छ। फुजी जापानको  सबैभन्दा ठूलो र प्रसिद्ध हिमाल हो । यो हिमाललाई हेर्न बर्सेनी लाखौँ मानिसहरू जापान आउँछन् । जापानको इतिहास हजारौँ  वर्ष पुरानो छ। जापानलाई चारैतिर समुद्रले ढाकेको छ । जापानलाई उत्तर र दक्षिण कोरियाबाट जापान सी ले छुट्याउँछ भने पकिफिक समुद्रले जापानलाई रसियासँग छुट्याउँछ। जापानको दक्षिणमा उत्तरभन्दा गर्मी हुन्छ। नेपालमा जस्तै जापानमा पनि उत्तरमा  हिमाल भएकाले  हिउँ पर्छ र जाडाे बढी हुन्छ भने  दक्षिणमा गर्मी हुन्छ।