Logo

Student Corner

सफलताकाे सूत्र

Written by: Anushree Acharya - 2027003, Grade V

Posted on: 10 January, 2021

सलललसल पानी बग्छ खाेला बनेर

छुनुमुनुछुनु गर्दै हाँस्छु खेल्दै रमेर 

मनभरि तन डुल्दै नाच्छ आभा छरेर

फिरफिर पुतली झैँ उड्छु आशा लिएर ।१।

 

झिलमिलझिल बत्ती बल्छ तेलै भरेमा

हरपल सुख मिल्ने काम राम्राे गरेमा 

जुटजुट अब साथी बेर गर्नै हुँदैन 

गरगरगर कर्म हार कैलै हुँदैन ।२।

 

झलमलझल गर्दै सूर्य झर्ने धरामा

सुललि सरिता झैँ फूल फुल्छन् गरामा 

अघिअघि बढ मान्छे साथ देऊ मलाई 

भनन सफलताकाे सूत्र के हाे मलाई ।३।

 

सबतिर भमराले राज्य गर्ने यिनैले 

कुटुकुटु बिरुवाकाे पात टाेक्छन् यिनैले 

सलसल कमिलाले बस्छ ताँती बनाई  

भनन सफलताकाे सूत्र के हाे मलाई ।४