Logo

Student Corner

नाै महिनापछि खुलेकाे मेरो विद्यालय अनुभव

Written by: Sonishma Basnet - 2022021, Grade X

Posted on: 31 December, 2020

विगत ९ महिनादेखि कोरोनाको सङ्क्रमणको कारण बन्द रहेको हाम्रो सिफल माध्यमिक विद्यालय  पुष ६ गते पुन: सञ्चालन भयो । विद्यालय नौ महिनापछि  जाँदा मलाई निकै अनौठाै लागेको थियो । नयाँ शिक्षक शिक्षिकाहरू कस्ता होलान् ? विद्यालयकाे  नयाँ भवन कस्तो होला, भनेर खुलदुली भइरहेको थियो ।  नौ महिनादेखि नभेटेका साथीहरूलाई भेट्दा देख्दा चाहिँ रमाइलो नै हाेला भन्ने लागेको थियो । 

विद्यालय खुलेको पहिलो दिनदेखि नै हाम्रो परीक्षा सुरु  थियो । त्यसैले साथीहरूसँग गुरुहरूसँग भेट्ने बोल्ने मौका त हामीले खासै अहिलेसम्म पाएका छैनौँ । म विद्यालय जान घरबाट अलि टाढा हुँदा  सवारी साधनकाे आवश्यकता भएकाे हुनाले  बसबाट विद्यालय गएँ । सुरुको दिन हामीलाई बस लिन आउने समय अलि ढिलो भएको हुँदा त्यसदिन विद्यालय हामी अलि ढिला पुग्याैँ । सुरुकाे दिन मेरो गणितको परीक्षा थियो । त्यस दिन म र मेरा कक्षाका सबै साथीहरू  विद्यालय पुग्नासाथ  गणितका सम्भावित प्रश्नहरूबारे छलफल गर्याैँ । परीक्षा सकिएपछि हामी एकछिन कुरा गरेर  घर फर्कियाैँ ।   

विद्यालय खुलेदेखि  अहिलेसम्मका  दिनहरू यसरी नै बितिरहेका छन् । परीक्षा नै भइरहेकाले हामी खासै एक अर्कासँग धेरै बोल्ने भेट्ने गरेका छैनौँ । साथै नौ महिना नभेटेका साथी र गुरुहरूलाई देख्दा बोल्दा केही अप्ठ्यारो पर्छ कि जस्तो भएकाे थियो तर विद्यालय पुगिसकेपछि त्यस्तो केही पनि भएन । यत्राे महिना अनलाइन पढेर विद्यालय जानुपर्दा चाहिँ कस्तो कस्तो लागिरहेको थियो । अनलाइन घरमै बसेर पढ्दा अलि छोटो समय  हुन्थ्यो । विद्यालय खुलेपछि भने अलि धेरै समय पढाइमा लगाए जस्ताे  लाग्दै छ ।