Logo

Student Corner

वातावरण

Written by: Remoon Gorkhali - 2023008, Grade IX

Posted on: 30 December, 2020

वातावरणको अर्थ सबै प्राकृतिक परिवेश जस्तै जमिन, हावा, पानी, बिरुवा, पशु, ठोस सामग्री, सूर्यको प्रकाश, जङ्गल र अन्य चीजहरू हुन् । स्वस्थ वातावरणले प्रकृतिको सन्तुलनको साथसाथै पृथ्वीमा रहेका सबै जीवित चीजहरू विकास गर्न मद्दत गर्दछ। सम्पूर्ण प्राणीको सृष्टि प्रकृतिबाटै भएकाले वातावारणलाई प्राकृतिक परिवेशले उचित वातावरण प्रदान गरिदिएको हुन्छ । हाम्रो वातावरणमा केही विषाक्त प्रदूषक तत्वहरू थपिने प्रक्रियालाई प्रदूषण भनिन्छ । वातारण प्रदूषण हनुमा मानिस नै यसकाे मुख्य जिम्मेवार हुन्छ । 

वातारण प्रदूषणकाे असर प्रकृति,मानव र अन्य जीवमासमेत देखिन्छ । प्रदूषणले हावा तथा अन्य माध्यमबाट प्रकृति,मानव र प्राणीलाई असर पुराएकाे हुन्छ । वातावरण प्रदूषणका कारण मानिसले स्वच्छ हावा लिन पाएका छैनन् । मानिसका आफ्ना व्यक्तिगत स्वार्थले मानिस आफैँ राेगी बन्दै गइरहेकाे कुरा उसलाई थाह छैन । वातावरण स्वच्छ नभएमा मानिस आपाङ्ग नै बन्न पुग्दछ। आपाङ्ग भएर बाँच्नु ज्यादै गार्हो हुन्छ।मानिस स्वस्थ छ भने यसले जीवनमा धेरै कामहरू गर्न सक्दछ। मानिसले 'स्वास्थ्य नै जीवन हो'' भन्ने कुरा कदापि बिर्सिनु हुँदैन। वातावरण स्वच्छ हुँदा मात्र मानिस स्वस्थ बन्न सक्दछ भन्ने कुरालाई सबैले आत्मसात गर्नुपर्दछ । त्यसैले सबै मिलेर वातावरणको संरक्षण गर्नु आजको आवश्यकता  हो। यसको संरक्षणका लागि हामी जाग्नुपर्छ । जुन काम गर्दा वातावरणमा नराम्रो असर पर्छ, त्यस्ता कामहरू बिर्सेर पनि गर्नुहुँदैन।