Written by: Krituka Sapkota - 2024007, Grade VIII
Posted on: 30 December, 2020
यो मेरो देश अनेक छन् भेष ,
मिलेर बस्दछन्,
चाड र पर्व धेरै छन् यहाँ,
मिलेर मनाउँछन् |
हिमाल, पहाड, तराई सबै,
छन् मेरो यो देशमा ,
अनेकतामा सधै एकता,
मेरो यो देशमा |
मिली र जुली सबैजना ,
लाग्दछन् काममा,
झगडा कहिले हुँदैन यहाँ,
धर्मको नाममा |
छन् यहाँ १२३ भाषा ,
१२६ जातका,
मिली र जुली बस्छन,
शान्ति छ देशमा |
गर्व छ मलाई भन्नलाई म,
नेपालकी छोरी हु,
नेपालमा नै बसेर,
देशको नाम उच्च पार्नेछु |