Logo

Student Corner

नौ महिना पछिको मेरो विद्यालय अनुभव

Written by: Anushka Basnet - 2023002, Grade IX

Posted on: 29 December, 2020

वि.सं. २०७६ चैत्रदेखि बन्द भएको हाम्रो विद्यालय वि.सं.९ महिनापछि खुल्यो। कोरोनाको महामारीले गर्दा बन्द भएका विद्यालय बिस्तारै खुल्ने क्रमसँगै हाम्रो सिफल माध्यमिक विद्यालय पनि पाैष ६ गते खुल्यो र सबै जस्तै पनि म विद्यालय गएँ ।

विद्यालयले उपलब्ध गराएकाे समयअनुसार बिहान छिट्टै घरबाट हिँडे । बानी फरक भएछ । अलि नरमाइलाे लाग्यो। परीक्षाको समयले गर्दा डर पनि लागिरहेको थियो । गाडी पोहोर सालभन्दा फरक ठाउँबाट घुमेकाले अनौठो लागेको थियो । म लकडाउनको समयमा  घरबाट त्यति बाहिर नगएकाले कता कता नाैलाे र एक किसिमकाे भित्री  डरले च्यापेकाे थियाे । 

बिहान ८:४५ तिर म पुगेकी थिएँ। मैले आफ्नो परीक्षाकोठा खोजेपछि आफ्नो परीक्षा कोठामा गएर बसेँ। त्यहाँ मेरा २ जना साथीहरू आइसकेका रहेछन्। नौ महिनापछि भेटिएका भए पनि हामीले त्यति कुरा गरेनौँ। जाडो पनि भइरहेको थियो। परीक्षामा सबै जना छुटाछुट्टै बस्यौँ। परीक्षा सकिएपछि सबै जना सिधै घर गए। म गाडीबाट जाने भएकाले अझै कुर्नुपर्यो। ३० मिनेटपछि हामी गाडीमा चढ्याैँ र घर फर्क्यौं । नौ महिनापछि विद्यालय लागेको भए पनि मलाई विद्यालय जान त्यति मन थिएन । घर आएपछि म अर्को दिनको लागि पढ्न थालेँ।  ९ महिनापछि विद्यालय आउँदाको मेरो अनुभव यस्तै रह्याे ।